Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ६ जना एसपीको सरुवा , मोरङमा शान्तिराज कोइराला

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ जना प्रहरी  उपरीक्षक (एसपी )हरुको काज सरुवा गरेको छ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोक रामेश्वर यादव, पश्चिम नवलपरासी ऋषिराम कंडेलको सरुवा भएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा रहेका राजन अधिकारीको अख्तियारमा सरुवा भएको छ भने मोरङमा रहेका एसपी जनार्दन जिसीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ। एसपी मनोज कुमार यादवको भने गण्डकी प्रदेशमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077