Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३६ जना डिएसपीको सरुवा , यी हुन इन्चार्ज पाउनेहरु

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।

प्रधान कार्यालयले निकालेको सरुवा सूची अनुसार दुई दर्जन इलाका प्रहरी कार्यालय (इप्रका) , वडा तथा वृत्तका प्रमुख फेरिएका छन् ।

जनसेवा वृत्त न्यूरोडमा डिएसपी शालिकराज शर्मालाई पठाइएको छ भने ठिमी वृत्तमा हरिनन्दन चौधरीको सरुवा भएको छ ।

इप्रका कोहलपुरमा ऐनबहादुर मल्ल, इप्रका लहानमा कुमार प्रसाद मैनाली, इप्रका काँकडभित्तामा ज्ञान कुमार महतो, इप्रका दमकमा दिलिप गिरी, वडा प्रहरी कार्यालय बैदाममा युवराज भण्डारीलाई पठाइएको छ ।

त्यस्तै, इप्रका टाँडीमा रबिनबाबु रेग्मी, इप्रका बर्दिबासमा रवि रावल, इप्रका अनारमणि झापामा रुगम बहादुर कुँवर, इप्रका पथरीमा वेद प्रसाद गौतमको सरुवा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077