Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आवश्यकता अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

    आवश्यकता अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली काँग्रेसले आगामी स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मतरुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।



    त्यस्तै, नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ ।



    निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।

    यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार