Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक दलको विकल्प राजसंस्था होइन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताएका हुन् ।

उनले दलको विकल्पमा राजसंस्थालाई लिन नसकिने बताए । जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उनले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताए ।

उनले भने, “हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ ।” हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उनले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको बताए । यस्तै आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको अध्यक्ष थापाले बताए ।

राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको भन्दै उनले भने, “सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।” स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077