Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालमा नयाँ अमेरिकी राजदुत आउने, बाइडेनद्धारा थम्पसन सिफारिस

काठमाडौं । अमेरिकाले नेपालका लागि नयाँ राजदूतमा परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई पठाउने भएको छ ।

मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेको राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले उल्लेख गरेको छ।

यसअघि उनी अमेरिकी बिदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थिए । उनको औपचारिक नियुक्त प्रकृया पुरा हुन केही महिना लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077