Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने , राजनीतिक दलहरुलाई ठूलाे चुनौती

काठमाडौं। नेपाल प्रहरीका पूर्व डिआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन्।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्ने बारेमा खरेलले पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्।

खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए।

खरेलले भने अहिले कुनै   निर्णय  नभएको वताए। उनले मेयर उठ्ने कुरालाई नकार्न चाहिँ नसकिने उल्लेख गरे ।

नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेपछि उनी पार्टीको संगठन विस्तारमा छन्।

प्रहरीमा रहँदा रमेश  खरेल सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्।

रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठेको खन्डमा राजनीतिक दलहरुलाई ठुलो चुनौती  हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077