Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी

    म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । म्याद नाघेको जुस खाँदा जुम्लामा २५ जना विद्यार्थी बिरामी भएका छन् ।

    जिल्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् ।



    म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी विरामी परेका प्रधानाध्यापक मन्जील गिरीले जानकारी दिए । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उनको भनाई छ ।



    विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारदेखि आउँदो आइतवारसम्म बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक गिरीले बताए ।

    औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य भएको छ । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार