Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ज्यान खतरामा ! बुलेटप्रुफ शिल्ड प्रयोग गर्न सुझाब

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको ज्यान खतरामा परेको छ । भारतीय संचारमाध्यमका अनुसार खानलाई बुलेट प्रुफ शिल्ड प्रयोग गर्न सल्लाह दिइएको छ। बुधबार राति उनको पार्टी पीटीआईका वरिष्ठ नेता फैसल वाव्दाले यो दाबी गरेका हुन् । वाव्दाले इमरानलाई मार्ने षड्यन्त्र रचिएको बताएका छन् ।

उनले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा सावधानी अपनाउन सुझाव दिएका छन् । यसअघि इमरान खानले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना स्थगित गरेका थिए । बुधवार साँझ पाकिस्तानका सेना प्रमुखसँगको भेटपछि उनले यो निर्णय लिएका हुन् । इमरानको घोषणा हुनुअघि उनले पाकिस्तानी जनतालाई सम्बोधन गर्ने भन्ने हल्ला दिनभर चलेको थियो । यसअघि उनको सम्बोधनको समय ५ बजे तोकिएको थियो ।

त्यसपछि उनले साँझ ७.३० देखि ८.३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको थियो । तर, ६.३० बजेपछि उनको बुधबारको सम्बोधन स्थगित भएको जानकारी आएको थियो । यसैबीच पाकिस्तानको राजधानी इस्लामावादस्थित सिन्ध हाउसमा विपक्षी दलका नेताहरुको महत्वपूर्ण बैठक बसेको छ । यस बैठकमा इमरान खानको पार्टी पीटीआईका २२ सदस्य पनि सहभागी थिए । इमरानको सम्बोधन अघि उनले आज संकटकाल जस्तो अचम्मको कदम चाल्न सक्ने अपेक्षा गरिएको थियो । सम्बोधन गर्नु केही समयअघि पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवा अचानक इमरान खानलाई भेट्न उनको घर पुगेका थिए ।

उनीसँगै पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका डीजी पनि थिए । सेना प्रमुखलाई भेट्नुअघि इमरानले अर्को महत्वपूर्ण निर्णय लिएका छन् । उनले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने निर्णय गरेका छन् । बुधबार साँझ उनले मन्त्रिपरिषद्को विशेष बैठकलाई पनि सम्बोधन गरेका थिए ।

पाकिस्तानी मन्त्री फवाद चौधरीले सेना प्रमुखसँग इमरानको भेटबारे बयान दिएका छन् । उनले प्रधानमन्त्री इमरान खानले सेनालाई सम्मान गर्ने बताएका छन् । उनले अविश्वासको प्रस्तावमाथि थप अध्ययन गरिने बताए ।

इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ । राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादामा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077