Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसदमा अविश्वासको प्रस्ताव दर्तापछि पाकिस्तानी प्रधानमन्त्री खानको पद धरापमा

एजेन्सी । संसदमा अविश्वासको प्रस्ताव दर्ता भएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ ।

अविश्वासको प्रस्तावमा मतदान हुनुअघि एउटा सत्तारूढ घटकले विपक्षी समूहलाई सघाउने निर्णय गरेपछि खानको पद धरापमा परेको हो । ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छन्।

बुधबार सत्तारूढ मुत्ताहिद्दा क्वामी मुभमेन्ट(पाकिस्तानले विपक्षीलाई साथ दिने निर्णय गरेपछि अब सत्तारूढ गठबन्धनसँग १६४ सांसदमात्रै बाँकी रहेका छन्।

विपक्षीहरूसँग १७७ सांसद पुगेका छन्। खानको आफ्नै पार्टीभित्र पनि विवाद छ। उनलाई समर्थन नगर्ने सांसदको संख्या २५ देखि ४० जना रहेको बताइन्छ।

पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल चलाउन पाएका छैनन्। पूर्वक्रिकेटर खान प्रधानमन्त्री भएको चार वर्ष भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077