Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ ।

माओवादील विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३०० वडा र ११६ पालिकामा जीत निकालेको थियो ।

निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने माओवादीको केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका पूर्वमन्त्री वर्षमान पुनले जानकारी दिए ।

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता उनले भने, “हामी आफ्नै तागतमा विश्वास गछौँ । विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ ।” उनले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पारे ।

अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उनको भनाइ छ ।

दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानको मूलमर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेण्डा नभएपछि अन्य राजनीतिक दलको तेजोबोधन गर्न लागिपरेको उनको भनाइ छ ।

अग्रगामी एजेण्डा, विचार, राजनीतिलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उनले आफ्नै बलबूतामा आफूहरुले पुनः श्रेष्ठता हासिल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077