Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनमा ठेकेदार उम्मेदवार हुन नपाइने व्यवस्थाप्रति व्यवसायी महासंघको आपत्ति

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्वाचनमा ठेकेदार उम्मेदवार हुन नपाइने व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको संविधानमै राजनीतिक दल खोल्ने स्वतन्त्रता रहेको भन्दै सो व्यवस्था सच्याउन समेत महासंघले माग गरेको हो ।
बिहीबार विज्ञप्ति जारी गरी महासंघले संवैधानिक एवम् मौलिक हक विपरीत भएकाले सो व्यवस्था सच्याउन माग गरेको हो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो।

आयोगले स्थानीय तहको ठेक्कापट्टा सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने र संलग्न भएको व्यक्तिले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077