Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द

काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए ।

'निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको हो। आज भारतीय र नेपालका डिपोहरुबाट इन्धन ढुवानी भएको छैन,' उनले भने, 'आयल निगमले चासो नदेखाएपछि इन्धन आपूर्ति नै बन्द गर्नु पर्ने अवस्था आएको हो।'

आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077