Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युक्रेन युद्द : पुटिनका कारण रुसी सेना थाकेको दाबी

    युक्रेन युद्द : पुटिनका कारण रुसी सेना थाकेको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी। युक्रेनमाथि आक्रमणपछि रुस कमजोर देश बनेको यूकेका रक्षामन्त्री बेन वालेसले बताएका छन् । रुसी सेना थाकेको र उनीहरूको देशले ठूलो नोक्सान बेहोरेको उनको भनाइ छ।

    बिबिसी नेपालीका अनुसार उनले स्काई न्यूजसँग भने ‘राष्ट्रपति पुटिन पहिले जस्तो शक्तिशाली छैनन् र उनी अब आफैले बनाएको पिँजडामा थुनिएका मानिस भएका छन्। रुसी सेनाको भव्य प्रतिष्ठा खेर गएको छ।’



    युक्रेनमाथि आक्रमणको नतिजा मात्र नभई आफ्नै सेनालाई गरेको व्यवहारको नतिजा समेत भोग्न पुटिन बाध्य भएको वालेसले बताए।उनका अनुसार रुसी सेनाहरू पुनः सङ्गठित हुँदै युक्रेनको दक्षिण र पूर्वतिर आफ्नो ध्यान केन्द्रित गरिरहेको देखिन्छ।



    हामीले उनीहरूको सङ्गठनलाई पहिले पनि देखेका छौँ र यसको नतिजा सधैँ खराब नै हुन्छ। यो धेरै मानिस भएको ठाउँतिर सोझिन्छ र नागरिकहरूमाथि आक्रमण गर्छ।ू

    बेलायतले रुसले जर्जियाबाट १,२०० देखि २,००० सेनालाई सुदृढीकरणका लागि ल्याउन लागेको बताएको छ।

    नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि युक्रेनमा रहेका रुसी सेनाले देशको पूर्वी क्षेत्रमा आफ्नो आक्रमणलाई दोबर बनाउन पुनः सङ्गठित भइरहेको बताए।

    वालेसले अन्तर्राष्ट्रिय दाताहरू युक्रेनलाई थप सैन्य उपकरण र घातक सहायता प्रदान गर्न सहमत भएको जानकारी दिए, जसमा सशस्त्र सवारीसाधन र लामो दूरीको तोप र गोली समावेश छ।

    पुटिनले शुक्रवारदेखि रुसी मुद्रामा कारोबार नगरे ती देशहरूलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका छन्।

    यसबारे जर्मनीले मागेको विवरण अध्ययन गर्ने तर ग्यास आयातमा राजनीतिक ब्ल्याकमेल हुन नसक्ने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार