Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।

शुक्रबार पत्नी आरजु देउवा र मन्त्रीहरुसहित भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री देउवाले आज मोदीसँग बिहान ११ बजेर १० मिनेटमा भेटवार्ता गर्ने कार्यक्रम छ।

दुई प्रधानमनत्रीबीचको भेट हैदरावाद हाउसमा तय भएको छ। नयाँदिल्लीमा हुने भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ ।

भेटवार्तामा ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन एक सय ३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077