Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रमा अचम्मको नियम : गाँजा बरामद गर्ने इन्स्पेक्टरसहित ४ प्रहरी तानिए

सप्तरी । सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले अबकाश पाउने समय नजिकिँदै गर्दा राम्रो काम गर्ने प्रहरीहरु धमाधमा कारवाहीमा पर्न थालेका छन्। जसका कारण प्रहरीको मनोबल गिरेको छ।

यतिसम्म कि लागूऔषध गाँजा बरामद गर्ने सशस्त्र प्रहरीका निरीक्षकसहित ४ जनालाई पुरस्कृत गर्नुपर्नेमा उल्टै कारवाही गरेर दण्डित गरिएको छ । गाँजा बरामद गर्ने इन्स्पेक्टरसहितका ४ प्रहरीलाई एसपी प्रदीप खड्काले काजफिर्ता गरेरेर प्रहरीको मनोबललाई खस्काएका हुन ।

सशस्त्रका इन्स्पेक्टर कृष्णमान तामाङको कमाण्डमा गएको टोलीले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित चन्द्रनगर ईलाकाबाट ७५ किलो गाँजा २०७८ चैत १२ मा बरामद गरेको थियो ।

सशस्त्र प्रहरीसँगको सेटिङमा तस्करी गर्दैआएको समूह तामाङको टोली देख्नासाथ गाँजाको ३ वटा बोरा फालेर भाग्यो । तस्करको समूह भागेपछि सशस्त्रको टोलीले बरामद गरेको ३ वटा बोरामा प्याक गरिएको गाँजा सशस्त्र प्रहरी गण नम्बर ६ मा बुझाएको थियो ।

तर, गणपति एसपी खड्काले गाँजा बरामद गर्ने सप्रनि तामाङसहितको टोलीलाई पुरस्कृत गर्नुको साटो उल्टै कारबाहीस्वरुप गणमा काजफिर्ता गरेका छन् ।

जुन कुरा अहिले सशस्त्र प्रहरीको हेडक्वार्टरसम्म पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077