Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतले भन्यो–नेपाल–भारत सीमाको विषयमा राजनीतिकरण गरिनु हुँदैन

काठमाडौं । नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच सीमा र सुरक्षाको विषयमा संक्षिप्त चर्चा भएको बताउँदै छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको जनाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बारेमा जानकारी दिन मन्त्रालयमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा विदेश सचिव श्रृंगलाले सीमाको विषयमा राजनीतिकरण गरिनु नहुने बताए ।

उनले शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको जनाएका हुन् ।

उनले भनेका छन्–‘सुरक्षा र सीमाको विषयमा कुरा छ, प्रधानमन्त्री देउवाले त्यस विषयमा प्रेस स्टेटमेन्टमा कुरा भन्नु भएको थियो । यो विषयमा पनि संक्षिप्त रुपमा चर्चा भएको छ । सामान्य बुझाइ के हो भने दुवै पक्षले यसलाई जिम्मेवारीपूर्ण ढंगले यस विषयमा छलफलहरु हाम्रो निकट र मित्रवत सम्बन्धको हुनुपर्छ । यसलाई राजनीतिक विषय बनाउने कामबाट बच्नु पर्छ । सुरक्षा वा सीमाको विषयमा संक्षिप्तमा छलफल भयो । यसलाई संवादको माध्यमबाट समाधान गर्नुपर्छ ।’

सीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच सहमति भएको उनले बताए ।

उनले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशका जनतालाई निकै फाइदा हुने समेत बताए । नेपाल भारतबीच भएको सहमतिले दुई देशलाई फाइदा हुने बताउँदै यसले दुवै देशको जनतामा सकारात्मक सन्देश जाने विश्वास लिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077