Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चुनावी आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने आयोग

    चुनावी आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने आयोग

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ ।

    स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो ।



    आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दलहरूबाट प्रतिबद्धता लिन लागेको बताइएको छ । आयोगले चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।



    आयोगका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग चैत २२ गते छलफल गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार