Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तान : अमेरिकामाथि आरोप लगाएका इमरान खानको भाग्यको फैसला आज हुने

एजेन्सी।  आज पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलले ल्याएको विश्वासको मतमा मतदान हुँदैछ । विपक्षीहरूले प्रधानमन्त्री इमरान खानलाई आर्थिक अराजकताको आरोप लगाएका छन् । उनको लागि अगाडिको बाटो सजिलो छैन।

एकातिर उनको विरुद्धमा प्रतिपक्ष उभिएको छ भने अर्कोतिर उनको पार्टीभित्रका धेरै नेताहरु पनि उनको विरोधमा अगाडि आएका छन् ।

यस्तो अवस्थामा पाकिस्तानमा अर्को आम निर्वाचन हुन अझै डेढ वर्ष बाँकी रहेका बेला इमरान खानले अमेरिकासँगै देशका विपक्षीहरुले उनलाई पदबाट हटाउने प्रयास गरिरहेको भन्दै जनतालाई विश्वास दिलाउन खोजिरहेका छन् ।

यी आरोपलाई विपक्षी र अमेरिकाले झुटो भनेका छन् ।

यदि इमरान खानले विश्वासको मत गुमाए भने लण्डनमा बस्दै आएका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज सरिफ आगामी प्रधानमन्त्री हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077