Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • सशस्त्रको २०  दिने आईजीपी बन्न दौडधुप शुरु , खनालमाथि छानविन हुँदै

    सशस्त्रको २०  दिने आईजीपी बन्न दौडधुप शुरु , खनालमाथि छानविन हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं। सशस्त्र प्रहरी बलको आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर शैलेन्द्र खनाल यही चैत्र २८ गते घ जाँदैछन्। खनाल घर जानु अघि नै सशस्त्र प्रहरीको प्रमुख पद आईजीपीका लागि दौडधुप शुरु भएको छ ।

    खनालपछि सशस्त्रको २०  दिने आईजीपी बन्न उनकै ब्याची एआईजीहरु पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना हुनेछन् । यसका लागि दुवै जनाले राजनीतिक दौडधुप सुरु गरेका छन् । दुवै जना अस्वस्थ्य चलखेलमा लागिसकेको वताइन्छ।



    अत्याधिक चलखेलमा लागेका केसी एमाले नेता बिष्णु रिमाल निकट मानिन्छन्।

    २० दिने प्रमुख बन्न  ठुलो चलखेल मात्र भएको छैन, त्यसपछि हुने आईजीपीका लागि मारामार शुरु भएको छ।

    २०  दिने आईजीपीसँगै डिआईजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा शुरु भएको हो। यी मध्ये अर्यालले सबैभन्दा बढी लबिङ र मिडियाबाजी गरेको सशस्त्रमा चर्चा छ।

    यता, हालका खनालमाथि अबकाशको मुखमा सामान खरिदको घोटालामा परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडि बढाएको पनि बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार