काठमाडौं । दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टी-२० सिरिजमा पपुवा न्यू गिनीविरुद्धको फाइनल खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् ।
नेपाललाई उपाधि दिलाउन दीपेन्द्रले अर्धशतकसहित सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाललाई जिताउन दीपेन्द्रले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए।
यस्तै, ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट पनि लिए । जितका लागि १६८ रनको लक्ष्य पछ्याएको पपुवा न्यू गिनी १६.१ ओभरमा ११८ रनमा अल आउट भयो।
यसअघि शनिबार मलेसियाविरुद्धको खेलमा पनि दीपेन्द्र प्लेयर अफ द म्याच घोषित भएका थिए।
उनी टी–ट्वान्टी क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।