काठमाडौं । ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप साँघुटार घर भई हाल काठमाडौं धापासीमा बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् ।
उनले पीडितलाई विभिन्न प्रलोभन देखाउँदै आएका थिए ।
श्रेष्ठले आफू बिरामी भएको बताउँदै ४२ लाख ३४ हजार रकम पठाउन लगाएर ठगी गरेको बताइएको छ ।
श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले सूचनाको आधारमा सोमबार काठमाण्डौं विशाल नगरबाट पक्राउ गरेको हो ।
श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ ।