Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : नेता पाण्डे

    एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : नेता पाण्डे

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी अनुदान नेपालले स्वीकार नगरेको भए नेपाल आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुग्ने बताएका छन् ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२ मा पाण्डेले यस्तो बताएका हुन् ।



    नेपालले एमसीसी अनुदान स्वीकार नगरेको भए अहिले श्रीलंका जस्तै आर्थिक संकट भोगिरहेको अवस्थामा हुने उनको भनाइ छ ।’हाम्रो आर्थिक परिदृश्य कहीँ न कहीँ एमसीसीसँग जोडिएको छ । एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं,’ पाण्डेले भने ।



    आफ्नो दल नेकपा एमाले प्रतिपक्षी भएकाले एमसीसी पास गर्ने बेलामा केही नबोलेको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार