Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले उपाध्यक्ष पाण्डेले भने – प्रचण्ड सरकारको आयु बढीमा मंसिरसम्म मात्रै हो

    एमाले उपाध्यक्ष पाण्डेले भने – प्रचण्ड सरकारको आयु बढीमा मंसिरसम्म मात्रै हो

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 432
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सत्ता गठबन्धनको आयु भेरै नभएको टिप्पणी गरेका छन् ।

    रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष पाण्डेले कोशीमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा मंसिरसम्म मात्रै भएको टिप्पणी गरे।



    उपाध्यक्ष पाण्डेले भने, ‘अहिले जुन परिस्थिति कोशीमा देखिएको छ । यसले के संकेत गरिरहेको छ भने । १, २ महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ भन्ने मैले देखिरहेको छ । मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ ।’

    संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा अभिव्यक्ति दिएको नभई केही तथ्य र सूचनाहरू प्राप्त गरेको उपाध्यक्ष पाण्डेको दाबी छ ।

    शनिबार मात्रै कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता केदार कार्की विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

    उनले आइतबार पद तथा गोपनीयताको शपथ लिने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार