Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वअर्थमन्त्री पाण्डे भन्छन् – वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि हुँदैछ

    पूर्वअर्थमन्त्री पाण्डे भन्छन् – वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि हुँदैछ

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 876
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले यस्तो बताएका हुन् ।

    उनले नेपालमा अन्य देशभन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताए ।



    पूर्वमन्त्री पाण्डेले नेपालको वाह्य र आन्तरिक ऋण बराबर रहेको उल्लेख गरे । उनले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनमा आन्तरिक ऋण वैदेशिक ऋणभन्दा बढी हुने अवस्था देखिएको बताए ।



    चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार