Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भाटभटेनीका संञ्चालक गुरुङलाई पक्राउ गरेर सरकारले गलत गर्र्‍यो : सुरेन्द्र पाण्डे

    भाटभटेनीका संञ्चालक गुरुङलाई पक्राउ गरेर सरकारले गलत गर्र्‍यो : सुरेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङलाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका छन् ।

    आइतबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयमा कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष पाण्डेले भने, ‘तपाईंले देख्नुभएको छ । ठूला व्यवसायीहरु कोही जेल गएर बसेका छन ? मुद्दा चलेर हिँड्छ । हाम्रो देशमा हेर्नुस् न मीनबहादुर गुरुङ जेलमा परेको छ । त्यो के पैसा लिएर भाग्छ मीनबहादुर ? सम्पत्ति बोकेर जान्छ ? २५/२६ वटा भाटभटेनी छ । त्यो भाटभटेनीको घर बोकेर भाग्छन् ? नेपालमा केही गर्छु भन्ने व्यवसायीलाई अपराधी गर्न हुँदैन ।’



    पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले गुरुङले हिरासत बाहिर बसेर नै मुद्दा लड्न पाउनुपर्ने र अनुसन्धान पनि सोहीअनुसार हुनुपर्ने बताए ।

    गुरुङलाई पक्राउ गरेको घटनाले व्यवसायी त्रासमा रहेको भन्दै उपाध्यक्ष पाण्डेले गुरुङलाई बाहिर नै राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिए । गुरुङलाई ललिता निवास जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार