Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘ई’को आन्दोलनमा एमाले उपाध्यक्ष पाण्डे र कमल थापाको ऐक्यबद्धता

    ‘ई’को आन्दोलनमा एमाले उपाध्यक्ष पाण्डे र कमल थापाको ऐक्यबद्धता

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 729
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र राप्रपा नेपालका अध्यक्ष कमल थापाले फुटपाथ व्यवसायीको पक्षमा आन्दोलन गरिरहेका ‘ई’को पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

    फुटपाथ व्यवसायीको पक्षमा आन्दोलन गरिरहेका ‘ई’को पक्षमा ऐक्यबद्धता जनाउन एमाले उपाध्यक्ष पाण्डे र कमल थापा राष्ट्रिय सभागृह पुगेका हुन् ।



    पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले मंगलवार बिहान सभागृह पुगेर ‘ई’को आन्दोलनमा ऐक्यबद्धता जनाए।



    यसअघि ‘ई’लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल पनि राष्ट्रिय सभागृह अगाडि पुगेकी थिइन् ।

    अभियन्ता ‘ई’ महानगरको कार्यालय रहेको सभागृहको गेटमा १८९ घण्टाभन्दा बढी समयदेखि उभिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार