Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भयो, तराईमा पनि महारोग सल्कियो : कमल थापा

    पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भयो, तराईमा पनि महारोग सल्कियो : कमल थापा

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 354
    SHARES

    फाइल तस्विर

    भैरहवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन् ।

    राप्रपा नेपाल, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।



    उनले पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भएको बताए । ‘तराईमा पनि म सुन्दैछु, बिस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ,’ उनले भने ।



    उनले पश्चिमा मुलुकहरूले भारत र चीनलाई नियन्त्रण गर्नको निमित्त धर्म परिवर्तन गराएर नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजीरहेको र त्यसमा प्रमुख राजनीतिक दलहरू हतियारको रूपमा प्रयोग भएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार