Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गरौं : कमल थापा

    राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गरौं : कमल थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता हुँदैमा मुलुकमा राजसंस्था पुनर्स्थापना हुन नसक्ने बताएका छन् ।

    २०३औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरूबीचको बृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने बताए ।



    राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरूलाई उनले आग्रह गरे ।

    कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार