Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्रीलाई थापाको चुनौती – आफैँमाथि लागेको सहकारी ठगीको आरोप छानबिन गरेर देखाउनू

    गृहमन्त्रीलाई थापाको चुनौती – आफैँमाथि लागेको सहकारी ठगीको आरोप छानबिन गरेर देखाउनू

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 552
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री रवि लामिछानेलाई आफैँमाथि लागेको सहकारी ठगीको आरोपमा सही ढंगले छानबिन चुनौती दिएका छन् ।

    हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनासहित माग राख्दै बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले यस्तो चुनौती दिएका हुन् ।



    उनले ललिता निवाससहित विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए ।



    ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरूलाई जोगाउने काम भएको भन्दै उनीहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई उनले आग्रह गरे ।

    सरकार र राजनीतिक दलहरूका कारण नेपाली युवाहरू खाडी मुलुकमा जान बाध्य भएको भन्दै उनले मुलुकको वर्तमान व्यवस्था पूर्णरूपमा असफल भएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार