Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्कर तन्त्रमा रुपान्तरण भयो : कमल थापा

    संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्कर तन्त्रमा रुपान्तरण भयो : कमल थापा

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 405
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताएका छन् ।

    सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित “त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा पार्टीको बार्षिकोत्सव“को अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले यस्तो बताएका हुन् ।



    उनले राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने जिकिर गरे ।



    सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत उनको आरोप छ ।

    देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको उनले टिप्पणी गरे ।

    अध्यक्ष थापाले जनताको अभिमत बिना गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता लादिएको समेत दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार