Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर राजसंस्था स्थापना हुँदैन, मोर्चा बनाएर जानुपर्छ : कमल थापा

    भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर राजसंस्था स्थापना हुँदैन, मोर्चा बनाएर जानुपर्छ : कमल थापा

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 369
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादीहरुले एकठाउँमा उभिएर जानुको विकल्प नरहेको बताएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सबै राष्ट्रवादीहरुले एउटै मोर्चा बनाएर जानुपर्ने बताएका हुन् ।



    उनले भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर, ज्ञापनपत्र बझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना नहुने बताए ।



    उनले लेखेका छन्, ‘भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर, ज्ञापनपत्र बझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुँदैन, हुनसक्दैन । गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौं । त्यो प्रयास काम लागेन । अझ एक्लैएक्लै वा आ-आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो । राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ। त्यसैले सबै राष्ट्रवादीहरुले एकठाउँमा उभिएर, एउटै मोर्चा बनाएर जानुपर्छ, अर्को विकल्प छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार