Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरी समायोजन गर्ने कार्य आपत्तिजनक छ, प्रहरीको मनोवल गिर्छ : कमल थापा

    प्रहरी समायोजन गर्ने कार्य आपत्तिजनक छ, प्रहरीको मनोवल गिर्छ : कमल थापा

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 699
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो टिप्पणी गरेका हुन् । उनले प्रहरी समायोजन गर्ने कार्यबाट शान्तिसुरक्षाको अवस्था झन खलवलिने दाबी गरे ।



    उनले लेखेका छन्, ‘संघियता खारेज हुनुपर्छ,प्रदेशस्तरीय संरचनाको आवश्यकता छैन भन्ने आवाज सशक्तरुपमा उठिरहेको अवस्थामा प्रदेशतहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक छ । यस कार्यबाट शान्तिसुरक्षाको अवस्था झन खलवलिने छ । प्रहरीको मनोवल गिर्नेछ, अराजकता बढनेछ । यो काम तत्काल रोकिनुपर्छ।’



    बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका थिए ।

    प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरूसँग प्रहरी समायोजनबारे छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार