काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सजाय दिनुपर्ने बताएका छन् ।
संसद विघटन गरेर संविधानको उल्लंघन गरेको भन्दै खनालले ओलीलाई जनताले दण्डित गर्नुपर्ने बताएका हुन् ।
एकीकृत समाजवादी जिल्ला कार्यसमिति दाङले सोमबार घोराहीमा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानको प्रावधानविरूद्ध गएर संसद विघटन गर्ने पटक-पटक संविधानको अपमान गर्ने अपराधीलाई निर्वाचनका माध्यमबाट जनताले दण्डित गर्नुपर्ने बताए ।
स्पष्ट कार्यदिशा र वैचारिक बहस नहुने पार्टी क्रमिक रूपमा ओरालो लाग्ने भएकाले अहिले नेकपा एमाले त्यही बाटोमा लागेको ओरोप लगाए।