Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन् ।

उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने टिप्पणी गरेका हुन् ।

बाइडेनले युक्रेनको बुचा सहरको स्थितीबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभलाई घेर्ने सहरहरुमध्ये एक बुचाको स्थलगत भ्रमण गरेपछि बाइडेनको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

युक्रेनी अधिकारीहरुले बुचामा नागरिकका थुप्रै शव भेटिएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077