Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएल : हैदरावादलाई हराउँदै लखनउ विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरवाद लगातार दोस्रो खेलमा पराजित भएको छ ।

मुम्बईमा सोमबार राति भएको खेलमा हैदरवाद लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भएको हो । हैदरवादको यो लगातार दोस्रो हार हार हो ।

लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

लखनउको यो दोस्रो जीत हो । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । २ खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077