Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जिप दुर्घटना हुँदा भाइको मृत्यु, दाजु घाइते

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुर्घटनामा उनका दाजु घाइते भएका छन् ।

मंगलबार बिहान दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप दुर्घटना हुँदा शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा जिपका चालक २१ वर्षका थलराज वली घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077