Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इन्डोनेसियामा छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

एजेन्सी । विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् ।

एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डोनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077