Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उदयपुरमा १६ वर्षीया किशोरीको हत्या, दुईजना पक्राउ

उदयपुर। उदयपुरमा एक किशोरीको हत्या भएको छ ।

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्या भएको हो ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत सुनुवारको विद्यालय आउने क्रममा हत्या भएको कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य नारायण शाहले बताउनु भयो ।

उनको शब यसोदा खोलामा भेटिएको थियो ।

कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077