Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचनमा आचारसंहिताको कार्यान्वयन गर्ने दलहरुको प्रतिबद्धता

    निर्वाचनमा आचारसंहिताको कार्यान्वयन गर्ने दलहरुको प्रतिबद्धता

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले मंगलबार दलहरूलाई बोलाएको सर्वदलीय बैठकमा चर्काचर्की भएको छ ।

    आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् ।



    दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो ।



    यस्तैमा आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ ।

    आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई मंगलबार आयोगमा बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो ।

    निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार