Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड र तालाबन्दी

    तीन शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड र तालाबन्दी

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 3.8K
    SHARES

    मकवानपुर । शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोडका र तालाबन्दी गरिएको छ ।

    मकवानपुरको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीमा मंगलबार तालाबन्दी गरिएको हो ।



    विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै तोडफोड गरेका हुन् ।



    विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले छात्राहरूलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए ।

    छात्राहरूको निवेदनमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको प्रधानाध्यापक बसन्तराज खरेलले जानकारी दिए ।

    शिक्षकहरु विदामा रहेका कारण आरोपितहरूलाई पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार