Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस निर्वाचन प्रचार समितिले तोक्यो विभिन्न जिम्मेवारी, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेस नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको छ ।

समितिका संयोजक डा। प्रकाश शरण महतको सभापतित्वमा मंगलबार बसेको बैठकले प्रचार प्रसार सल्लाहकार समिति गठन गर्नुका साथै विभिन्न निर्णयसमेत गरेको छ।

बैठकले समितिलाई आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरु सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चार माध्यमसँग समन्वय गर्नका लागि विभिन्न उपसमिति गठन गर्न संयोजक तोकेको छ। बैठकले हरिहर विरहीको संयोजकत्वमा प्रचारप्रसार सल्लाहकार समिति गठन गरेको हो ।

त्यस्तै, विष्णु निष्ठुरीको संयोजकत्वमा अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार समिति, किरण पोखरेलको संयोजकत्वमा छापा माध्यम समन्वय तथा प्रचार प्रसार समिति, अनिता बिन्दुको संयोजकत्वमा टेलिभिजन समन्वय तथा प्रचार प्रसार समिति र गोपाल झाको संयोजकत्वमा रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समिति गठन गरिएको हो।

बैठकले पार्टीको संरचना अन्तरगत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ।

यसैगरी, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय प्रचार प्रसार समितिमा सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघलाई सदस्यको रुपमा मनोनयन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077