Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सबै तहमा चुनाव प्रचार–प्रसार समिति गठन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गर्ने भएको छ । निर्वाचनमा वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गर्ने भएको हो ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार—प्रसार समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीको संरचना अन्तरगत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्नका लागि पनि समितिले निर्देशन दिएको हो ।

यस्तै प्रचार प्रसार समिति अन्तरगत समितिलाई आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरु सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चार माध्यमसंग समन्वय गर्नका लागि विभिन्न उपसमिति गठन गर्न संयोजक समेत तोकेको छ ।

यस्ता छन् बैठकले गरेका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077