Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोल, ग्यास र डिजेलको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयलग निगमले फेरि इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।

निगमले मूल्य बढाएर पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुर्याएको हो।

त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाइ इन्धन ९आन्तरिक० को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ। हवाइ इन्धन ९अन्तर्राष्ट्रिय० तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरिएको छ।

एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ। निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनपछि १ महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ। यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077