Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनलाई थप १० करोड डलरको सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको शैन्य सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले युक्रेनलाई रूसी आक्रमण सामना गर्न थप १० करोड डलर बराबरको शैन्य सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘युक्रेनको अतिरिक्त एन्टी–आर्मर सिस्टमको तत्काल आवश्यकता देख्दै अमेरिकाले १० करोड डलरसम्मको सुरक्षा सहायता दिने निर्णय गरेको छ,' एक विज्ञप्ति जारी गर्दै ब्लिन्केनले भने ।

त्यस्तै चेक रिपब्लिकले पनि युक्रेनलाई युद्धको लागि हतियार पठाउने भएको छ। चेक रिपब्लिक रुससँग लडिरहेको युक्रेनलाई हतियार सहयोग गर्ने पहिलो युरोपेली मुलुक बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077