Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राखेपका सदस्यसचिव कुलबहादुर थापाले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राखेपको सदस्यसचिवको जिम्मेवारी सुम्पिए पछि थापाले राजीनामा दिएका हुन् ।

उनले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका छन् ।

सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो ।

१२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077