Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कैलालीमा कांग्रेसबाट स्थानीय चुनावमा उम्मेदवार बन्न शुल्क बुझाउनुपर्ने

कैलाली । कैलालीमा नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको चुनावमा उम्मेदवार बन्न शुल्क बुझाउनुपर्ने भएको छ। स्थानीय तहको निर्वाचनमा स्थानीय तहको प्रतिनिधिको उम्मेदवार बन्न आकांक्षा देखाउनेलाई पार्टीमा दर्ता शुल्क तोकिएको हो।

वडा, स्थानीय तह र क्षेत्रले आफूखुसी उम्मेदवार तोक्न थालेपछि जिल्लाले यस्तो निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले बताए।

उम्मेदवारको संख्या थेग्न नै नसक्ने भएकोले नियन्त्रण गर्न पार्टीबाट आकांक्षीका लागि शुल्क निर्धारण गरिएको उनले बताए।उनका अनुसार नगरप्रमुख पदका आकांक्षीले ७ हजार तथा उपप्रमुखले ५ हजार रुपैयाँ पार्टीलाई शुल्क तिर्नुपर्नेछ।

यस्तै गाउँपालिका अध्यक्षले ५ हजार, उपाध्यक्षले ३ हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077