Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माधव नेपालका बहिनी ज्वाईं कैलाश पोखरेल अष्ट्रेलियाको राजदुतमा सिफारिस

    माधव नेपालका बहिनी ज्वाईं कैलाश पोखरेल अष्ट्रेलियाको राजदुतमा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । सरकारले २० वटा देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवा र अरू विभिन्न क्षेत्रबाट राजदूत सिफारिस गरेको हो ।

    उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन् ।



    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी-ज्वाईं कैलाश पोखरेलदेखि जसपाका नेता नवराज सुवेदी पनि राजदूत सिफारिस भएका छन् ।



    पोखरेल अष्ट्रेलिया र सुवेदी साउदी अरबका लागि सिफारिसमा परेका छन् ।  यसअघि ओमानका लागि राजदूत रहेकी शर्मिला पराजुली ढकाललाई फेरि स्पेनका लागि सिफारिस गरिएको छ ।

    त्यस्तै, मिलन तुलाधर रसिया र शान्ता रिजाल इजरायलका लागि राजदूत सिफारिस भएका छन्  । परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी पनि परेका छन्। उनी भर्खरै बेलायतबाट फर्किएर मन्त्रालयको प्रोटोकोल डिभिजन चीफमा कार्यरत थिए ।

    माधव नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेल राजदुतको लागि सिफारिस भएसँगै बल्ल समाजबाद आयो भनेर सामाजिक सन्जालमा आलोचना शुरु भएको छ। उनले निजामती सेवामा रहँदा सँधै स्वदेश-विदेशका राम्रा र मालदार ठाउँमा मात्रै पोष्टिङ खाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार