Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सभामुख घिमिरे र क्युवाका राजदूत एलेजान्ड्रोबीच भेटवार्ता

    सभामुख घिमिरे र क्युवाका राजदूत एलेजान्ड्रोबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 567
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच भेटवार्ता भएको छ ।

    घिमिरे र मारिनबीच बुधबार सिंहदरवारमा शिष्टाचार भेट भएको हो ।



    भेटका क्रममा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको बताईएको छ ।



    सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको बताए।

    राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार