Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो पटक अश्वेत महिला बनिन् अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीश

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला न्यायाधीश बनेकी छन् ।

राष्ट्रपति जो बाइडेनले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेकी केतान्जी ब्राउन ज्याकसनलाई माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको हो ।

५१ वर्षीया ज्याकसनले पक्षमा तीन रिपब्लिकनसित ५३ जना सांसदले मत हालेका थिए भने विपक्षमा ४७ मत खसेको थियो।

सिनेटमा मतदान भइरहँदा राष्ट्रपति बाइडेनले ज्याक्सनलाई ह्वाइट हाउसमै बोलाएका थिए । ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीश हुने छैठौं महिला हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077