Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शसस्त्र प्रहरीद्वारा बेवारिसे कटुवा पेस्तोल बरामद

रौतहट । रौतहटमा कटुवा पेस्तोल बरामद भएको छ ।

शसस्त्र प्रहरीले  रौतहटको चाँदी खोला किनारमा  एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

शुक्रबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं९ ४ स्थित गैंडाटार जाने बाटोमा रहेको चाँदी खोलाको किनारबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

बेवारिसे अवस्थामा जंगल क्षेत्रमा पर्ने उक्त स्थानमा बरामद भएको उक्त पेस्तोल खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी बेश क्याम्प सन्तपुरका प्रमुख डिएसपी योगेश दाहालले बरामद भएको उक्त पेस्तोल अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077